तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर « Khabarhub

तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।

कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रालि, बाराका हरिओम आयल स्टोर र हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् ।

मुद्दा दायर गरिएका फर्ममध्ये जगदम्बा डिस्टिब्युटर प्रालिले राजश्व चुहावट गरेको, हरिओम आयाल स्टोरले उपभोक्तालाई घटी तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरुलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले बताए ।

उपभोक्ता ठग्ने ती व्यापारिक फर्मलाई स्टेण्डर नापतौल ऐन–२०५५ को दफा ३० (२) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । जसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवानागरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको सो कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा १२६ व्यापारिक फर्ममा अनुगमन गरेको छ । सो कार्यालयले वीरगञ्जको मीना बजार र घण्टाघरको उत्तर तर्फ रहेको तरकारी बजारका व्यापारी उपभोक्ता ठग्ने व्यापक गुनासो आएकाले अन्य निकायसँग समन्वय गरी अनुगमन गर्ने बताइएको छ ।

व्यापारीले प्रयोग गर्ने ढक, तराजु, लिटर, कपडा नाप्ने मिटर, काँटा, धर्मकाँटा, पेट्रोलियम पदार्थ, सुनचाँदी तौलने तराजुको नवीकरणसमेत नगरेकाले लाखौं रुपैयाँ राजश्व छलि हुँदै आएको छ ।

व्यापारीले सीमावर्ती भारतीय बजार रक्सौल, बेतीया, सिकटालगायत भारतीय बजारबाट विद्युतीय तराजु किनेर ल्याउने गरेको र कार्यालयमा दर्ता नै नगरी प्रयोग गर्ने गरेको व्यापक गुनासो आउन थालेकाले स्थानीय प्रहरी, सम्बन्धित निकायसँग समन्वय गरी वीरगञ्ज बजारमा रहेको व्यापारीक पसलमा चाँडै नै अनुगमन गर्ने कार्यालयले जनाएको छ ।

वीरगञ्जका मीनाबजार, आदर्शनगरलगायत ठाउँमा विगत लामो समयदेखि अनुगमन हुन नसक्दा उपभोक्ता ठगिदै आएको उपभोक्ता सञ्जयकुमार प्रजापतिको आरोप रहेको छ । तर कार्यालयले ती बजारमा अनुगमन गर्दा व्यापारीले अवरोध गर्ने गरेकाले त्यहाँ अनुगमन हुन नसकेको तर्क अघि सारेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : १५ बजे

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३

‘वाम अप’मा आक्रामक देखिएको नेपालको ब्याटिङ इंग्ल्यान्डविरुद्ध कस्तो होला ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट धेरै क्रिकेटप्रेमीका लागि

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको