माओवादी केन्द्रप्रति नेता बाँस्कोटाको आक्रोश : आफैँ अड्काउने अनि आफैँ पड्काउने ? « Khabarhub

माओवादी केन्द्रप्रति नेता बाँस्कोटाको आक्रोश : आफैँ अड्काउने अनि आफैँ पड्काउने ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एमाले सांसद गोकुल बास्कोटाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले सरकार कामचलाउ भनेकोप्रति आपत्ति समेत जनाए । ‘सरकार कामचलाउ कसरी हुन्छ ? अहिले गठन भएको जगमा के छ ? समर्थन आफु गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन एजेण्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी कामचलाउ भयो ?’ उनको भनाइ थियो ।

उनले यसअघि कांग्रेस नेतृत्वको सरकारमा माओवादीका तर्फबाट विनाविभागीय बनाउँदासमेत सहभागी भएको स्मरण गरे ।

‘विगतमा कामचलाउमा लर्कनका लर्कन साथीहरु विनाविभागीय बनाउँदा पनि लम्पट भएर बस्नुभयो । त्यो कामचलाउ थियो । यो हैन । विश्वासको मत कसले दिएको फिर्ता लिनुस । आफै अड्काउने अनि आफै पड्काउने ? राजनीतिको मैदान खुला छ । जनताका बिचमा जान सबै स्वतन्त्र छन् । प्रतिगमन के भयो ? जनताको बिचमा जान प्रतिगमन शाही साम्यवाद ल्याउन गरेको वार्ता अग्रमगन हो ?’ उनले भने ।

उनले अहिलेको सरकार बन्नुअघिसम्म नेपालको राजनीतिमा राजनीति मात्रै केन्द्रित भएको भन्दै यसअघिका सरकारको प्राथमिकतामा विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनता कहिल्यै नपरेको दाबी गरे ।

विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखे पनि कसैले देख्न नसकेको भन्दै उनले सरकारले गरेको कामका बारेमा कसैले खुसी व्यक्त गर्न सक्दैन भने नेपालको राजनीतिक दल के चाहन्छन् ? उनको विकास, राजनीतिको एजेण्डा के हो ? प्रष्ट देखिएको बताए ।

‘मेलम्ची आयो के भयो ? रेलमार्ग बन्दैछ । बाजुराको टुप्पोमा अहिले रेल जान्छ भनेर कसैले भनेको छैन, सर्वेको काम भइरहेको छ । किसुनजीले देखेको सपना वर्तमान सरकारले पुरा गर्दा किसुनजीप्रति सम्मान प्रकट गर्न चाहन्छु । किसुनजीले सपना ३० वर्षमा पुरा हुँदा खुसी हुने तर केपी ओली सरकारले पुरा गर्ने सपना देख्दा के को आपत्ति ?

१ सय ६५ वटा बाटो बनाउने विषयमा निराशा छ भने दुखी आत्माप्रति खेद प्रकट गर्न चाहन्छु । कसै कसैलाई विध्वश नै विकास देख्नेहरुले भनेकोमा बोलीमा लोली मिलाएर केही देख्न र सुन्न नचाहने भने कानमा रुवा र आँखामा चस्मा लगाए हुन्छ । प्रधानमन्त्रीले अघि सारेको विकास निर्माणको योजना अघि बढेको देखेर प्रेसर बढेको छ भने त्यो झन् बढ्नेवाला छ । विकासलाई हेर्ने दृष्टिकोण बदलौं ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : १४ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप