माओवादी केन्द्रप्रति नेता बाँस्कोटाको आक्रोश : आफैँ अड्काउने अनि आफैँ पड्काउने ? | Khabarhub Khabarhub

माओवादी केन्द्रप्रति नेता बाँस्कोटाको आक्रोश : आफैँ अड्काउने अनि आफैँ पड्काउने ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एमाले सांसद गोकुल बास्कोटाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले सरकार कामचलाउ भनेकोप्रति आपत्ति समेत जनाए । ‘सरकार कामचलाउ कसरी हुन्छ ? अहिले गठन भएको जगमा के छ ? समर्थन आफु गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन एजेण्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी कामचलाउ भयो ?’ उनको भनाइ थियो ।

उनले यसअघि कांग्रेस नेतृत्वको सरकारमा माओवादीका तर्फबाट विनाविभागीय बनाउँदासमेत सहभागी भएको स्मरण गरे ।

‘विगतमा कामचलाउमा लर्कनका लर्कन साथीहरु विनाविभागीय बनाउँदा पनि लम्पट भएर बस्नुभयो । त्यो कामचलाउ थियो । यो हैन । विश्वासको मत कसले दिएको फिर्ता लिनुस । आफै अड्काउने अनि आफै पड्काउने ? राजनीतिको मैदान खुला छ । जनताका बिचमा जान सबै स्वतन्त्र छन् । प्रतिगमन के भयो ? जनताको बिचमा जान प्रतिगमन शाही साम्यवाद ल्याउन गरेको वार्ता अग्रमगन हो ?’ उनले भने ।

उनले अहिलेको सरकार बन्नुअघिसम्म नेपालको राजनीतिमा राजनीति मात्रै केन्द्रित भएको भन्दै यसअघिका सरकारको प्राथमिकतामा विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनता कहिल्यै नपरेको दाबी गरे ।

विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखे पनि कसैले देख्न नसकेको भन्दै उनले सरकारले गरेको कामका बारेमा कसैले खुसी व्यक्त गर्न सक्दैन भने नेपालको राजनीतिक दल के चाहन्छन् ? उनको विकास, राजनीतिको एजेण्डा के हो ? प्रष्ट देखिएको बताए ।

‘मेलम्ची आयो के भयो ? रेलमार्ग बन्दैछ । बाजुराको टुप्पोमा अहिले रेल जान्छ भनेर कसैले भनेको छैन, सर्वेको काम भइरहेको छ । किसुनजीले देखेको सपना वर्तमान सरकारले पुरा गर्दा किसुनजीप्रति सम्मान प्रकट गर्न चाहन्छु । किसुनजीले सपना ३० वर्षमा पुरा हुँदा खुसी हुने तर केपी ओली सरकारले पुरा गर्ने सपना देख्दा के को आपत्ति ?

१ सय ६५ वटा बाटो बनाउने विषयमा निराशा छ भने दुखी आत्माप्रति खेद प्रकट गर्न चाहन्छु । कसै कसैलाई विध्वश नै विकास देख्नेहरुले भनेकोमा बोलीमा लोली मिलाएर केही देख्न र सुन्न नचाहने भने कानमा रुवा र आँखामा चस्मा लगाए हुन्छ । प्रधानमन्त्रीले अघि सारेको विकास निर्माणको योजना अघि बढेको देखेर प्रेसर बढेको छ भने त्यो झन् बढ्नेवाला छ । विकासलाई हेर्ने दृष्टिकोण बदलौं ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : १४ बजे

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा

रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक