२६६ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १३७ जना « Khabarhub

२६६ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १३७ जना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा १०२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ०२ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः