कर्णाली संसदीय दलको बैठक भोलि बस्दै, एमालेका मन्त्रीले राजीनामा दिने « Khabarhub

कर्णाली संसदीय दलको बैठक भोलि बस्दै, एमालेका मन्त्रीले राजीनामा दिने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले मंगलबार राजीनामा दिने भएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु भोलि राजीनामा दिने टुंगोमा पुगेको बताए ।

कर्णाली प्रदेशको संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

दलको बैठक अघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताए ।

आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दल बहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दलबहादुर रावल छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १५ बजे

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको