मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता « Khabarhub

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावका प्रस्तावक तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।

अविश्वासको प्रस्ताव पारित गर्ने अंकगणित नपुग्ने भएपछि माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिएको हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्यले सोमबार प्रदेशसभा सचिवालयमा लिखित रुपमा हस्ताक्षर फिर्ता लिएका थिए । हस्ताक्षर फिर्ता लिएपछि आङ्बोले सदनमा अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

चैत २६ गते दिउँसो २ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि