प्रदेश २ मा बढ्न थाले कोरोना संक्रमित, आज ७ जनामा पुष्टि « Khabarhub

प्रदेश २ मा बढ्न थाले कोरोना संक्रमित, आज ७ जनामा पुष्टि


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– केही दिन यता प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

गत महिनामा कोरोना संक्रमणको संख्या शून्य हुन लागे पनि भारतीय सिमानाकाबाट निर्वाध रुपमा भइरहेको आवतजावतका कारण प्रदेश २ का जिल्लाहरुमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

दुई साता अगाडिसम्म प्रदेश २ का पाँच वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

हाल प्रदेश २ मा ५६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्य भएको थियो ।

सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ५७ पुगेको डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार धनुषामा ३, पर्सामा २, बारामा १ र अन्य प्रदेशका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा सबैभन्दा बढी ३१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै धनुषामा १०, बारामा ९, महोत्तरीमा २, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १-१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : २१ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ