प्रदेश २ मा बढ्न थाले कोरोना संक्रमित, आज ७ जनामा पुष्टि | Khabarhub Khabarhub

प्रदेश २ मा बढ्न थाले कोरोना संक्रमित, आज ७ जनामा पुष्टि


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– केही दिन यता प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

गत महिनामा कोरोना संक्रमणको संख्या शून्य हुन लागे पनि भारतीय सिमानाकाबाट निर्वाध रुपमा भइरहेको आवतजावतका कारण प्रदेश २ का जिल्लाहरुमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

दुई साता अगाडिसम्म प्रदेश २ का पाँच वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

हाल प्रदेश २ मा ५६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्य भएको थियो ।

सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ५७ पुगेको डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार धनुषामा ३, पर्सामा २, बारामा १ र अन्य प्रदेशका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा सबैभन्दा बढी ३१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै धनुषामा १०, बारामा ९, महोत्तरीमा २, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १-१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : २१ बजे

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका