प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश « Khabarhub

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गरे ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरे ।

यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूची अन्तर्गत  प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गरे ।

निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उहाँ निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्ने छ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : ५८ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई