प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश « Khabarhub

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गरे ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरे ।

यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूची अन्तर्गत  प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गरे ।

निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उहाँ निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्ने छ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : ५८ बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने