पाकिस्तानमा इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब « Khabarhub

पाकिस्तानमा इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– विश्व आतंकवादी गतिविधि निगरानी राख्ने निकाय फाफ्टले पाकिस्तानलाई खैरो सूचीमा राखेपछि इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब बढेको छ ।

फाफ्टले आतंकवादी गतिविधिमाथि कारबाही गर्न पाकिस्तान असफल रहेको भन्दै खैरो सूचीमा राखेपछि लडाकु समूह हिज्बुल मुजाहिदीनका नेता सएद सलाहुदीनमाथि कारबाहीको दबाब बढेको हो । खैरो सुचीमा परेपछि पाकिस्तानले लडाकु नेता सलाहुदीनमाथि कारबाही गर्नुपर्ने दबाब सिर्जना भएको छ ।

पाकिस्तानले आतंकवाद गतिविधि गर्नेमाथि वित्तीय प्रतिबन्ध लगाउनुपर्ने तथा आतंकवादीलाई वित्तीय सहयोगमाथि अनुसन्धान गर्नुपर्ने फाफ्टले निर्देन गरेको थियो ।

सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले मोहम्मद युसुफ साह (सएद सलाहुदीन) लाई कार्यकारी आदेश १३२२४ को १ बी धारा अन्तर्गत विश्व आतंकवादीको सूचीमा राखेको थियो । जस अन्तर्गत अमेरिकी आन्तरिक सुरक्षा, अर्थतन्त्र, विदेश नीतिमाथि खतरा पुर्‍याउने जस्ता गतिविधि गर्नेमाथि प्रतिबन्ध लगाउने नियम छ ।

यसले हिज्बुल नेता सलाहुदीनसँग कुनै प्रकारको आर्थिक कारोबार, समबन्ध कायम गर्न अमेरिकी नागरिकमाथि रोक लागाइएको छ । काश्मीर क्षेत्रमा सक्रिय गतिविधि गर्ने हिज्बुल मुजाहिदीनका नेता सलाहुदीनलाई पाकिस्तानी सेना तथा गुप्तचर संस्था आईएसआईको संरक्षण रहेको बताइन्छ ।

हालसम्म सलाहुदीनको नेतृत्वमा हिज्बुल मुजाहिदीन लडाकु समुहले विभिन्न आक्रमणहरुको जिम्मा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ४७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय