सिक्किम केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँसम्म धक्का (अपडेट) « Khabarhub

सिक्किम केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँसम्म धक्का (अपडेट)


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सिक्किम नजिक बिनादूरी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर सोमबार राति भूकम्प गएको छ।

पूर्वी नेपालमा उक्त भूकम्पको ठूलै धक्का महसुस भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम नजिक केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ।

पूर्वी नेपाल स्थानीयहरुले सामाजिक सञ्जालमा भूकम्पको ठूलै धक्का महसुस भएको लेखेका छन् । उनीहरुले भूकम्पको धक्का महशुस भएसँगै घरबाहिर निस्किएको जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले बिहारमा पनि भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर नेपाली समय अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो ।

उक्त क्षेत्र नेपाल र सिक्किमको सिमा नजिकै पर्छ । नेपालको सीमा नजिकै भूकम्प गएको हुँदा धक्का पूर्वी नेपालमा कडा महसुस भएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि सामान्य महसुस भएको छ ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ३२ बजे

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित