सिक्किम केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँसम्म धक्का (अपडेट) « Khabarhub

सिक्किम केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँसम्म धक्का (अपडेट)


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सिक्किम नजिक बिनादूरी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर सोमबार राति भूकम्प गएको छ।

पूर्वी नेपालमा उक्त भूकम्पको ठूलै धक्का महसुस भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम नजिक केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ।

पूर्वी नेपाल स्थानीयहरुले सामाजिक सञ्जालमा भूकम्पको ठूलै धक्का महसुस भएको लेखेका छन् । उनीहरुले भूकम्पको धक्का महशुस भएसँगै घरबाहिर निस्किएको जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले बिहारमा पनि भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर नेपाली समय अनुसार राति ९ बजेर ४ मिनेटमा भूकम्प गएको हो ।

उक्त क्षेत्र नेपाल र सिक्किमको सिमा नजिकै पर्छ । नेपालको सीमा नजिकै भूकम्प गएको हुँदा धक्का पूर्वी नेपालमा कडा महसुस भएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि सामान्य महसुस भएको छ ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ३२ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी