स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द « Khabarhub

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।

गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द

यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मङ्गलबार एक सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा सङ्क्रमण तीव्रगतिमा फैलिरहेकाले गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णयानुसार गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशानुसार गर्ने गरी अत्यावश्यकबाहेकका सबै बन्द गरिएको हो ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन हुने बताइन्छ ।

स्वास्थ्य, सुरक्षा, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।