दीपिका पादुकोणलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

दीपिका पादुकोणलाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार कोरोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि कोरोना संक्रमित भएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार दीपिकाले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । दीपिका हालको समयमा परिवारका साथ बेङ्लोरमा छिन् ।

बेङ्लोरमा दीपिकाका पिता प्रकाश अस्पतालमा उपचाररत छन् । उनकी आमा उज्जवला पादुकोण र बहन अनीषा पादुकोण पनि कोरोना पोजेटिभ देखिएपछि आइसोलेट छन् ।

दीपिकाले हालसम्म आफूलाई संक्रमण भएको आधिकारिक पुष्टि गरेकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दीपिकाको तस्वीर राखेका छन् ।

क्याप्सनसहितको तस्वीरमा उनले ‘माता पिता र बहिनीपछि दीपिका पादुकोण पनि कोरोनाको चपेटामा आएकी छन् । फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्’, लेखेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र