दीपिका पादुकोणलाई कोरोना संक्रमण « Khabarhub

दीपिका पादुकोणलाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार कोरोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि कोरोना संक्रमित भएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार दीपिकाले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । दीपिका हालको समयमा परिवारका साथ बेङ्लोरमा छिन् ।

बेङ्लोरमा दीपिकाका पिता प्रकाश अस्पतालमा उपचाररत छन् । उनकी आमा उज्जवला पादुकोण र बहन अनीषा पादुकोण पनि कोरोना पोजेटिभ देखिएपछि आइसोलेट छन् ।

दीपिकाले हालसम्म आफूलाई संक्रमण भएको आधिकारिक पुष्टि गरेकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दीपिकाको तस्वीर राखेका छन् ।

क्याप्सनसहितको तस्वीरमा उनले ‘माता पिता र बहिनीपछि दीपिका पादुकोण पनि कोरोनाको चपेटामा आएकी छन् । फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्’, लेखेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका