डोटीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

डोटीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी-  डोटी थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार  आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।

मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर पोजेटिभ देखिएको थियो ।

कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी पहिलो हुन् ।

मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : ५६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु