नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र | Khabarhub Khabarhub

नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।

पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको माओवादीका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सर्मथन फिर्ता लिनुअघि नै वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् ।

माओवादी केन्द्रले बुझाएको पत्र पढ्नुहोस्

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : १६ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन