नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र « Khabarhub

नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।

पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको माओवादीका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सर्मथन फिर्ता लिनुअघि नै वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् ।

माओवादी केन्द्रले बुझाएको पत्र पढ्नुहोस्

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : १६ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ