सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद « Khabarhub

सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो ।

ना४ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्ला भित्र्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सो ट्रकको निगरानी गर्‍यौँ”, उनले भने, “पछि सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना प्रहरी जाँचचौकीमा चालकसहित ट्रकलाई नियन्त्रणमा लिइयो ।”

ट्रकभित्र रहेका सम्पूर्ण मालसामान अनलोड गरी रीतपूर्वक तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामग्री पाइप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रनाउ घर्तीले बताए ।

बोरा खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकामा २८ पोकामा अन्तःशुल्क स्टिकर टाँसिएको र २२ पोका अन्तःशुल्क स्टिकर नभएको भेटिएपछि कर छली गरेको आशङ्का गर्दै बाँसगढी नगरपालिका–६ बर्दियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उनले बताए ।

उक्त ट्रकमा लुकाइछिपाई दुई हजार १०० अर्थात् रु ११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकाले गैरकानूनीरूपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १० बजे

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री