परीक्षण नहुँदा गाउँगाउँमा सङ्क्रमणको त्रास « Khabarhub

परीक्षण नहुँदा गाउँगाउँमा सङ्क्रमणको त्रास


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् ।

सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर सङ्क्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच हुने गरेको छैन । स्वास्थ्य कार्यालयमा पिसिआर जाँच हुने गरेको भएपनि नागरिकको पिसिआर परीक्षणमा चासो कम देखिएको कार्यालयका सूचना अधिकारी बलिराम यादवले बताए ।

खुला सीमाबाट निर्वाधरुपमा बिना परीक्षण नै मानिसको आवतजावत हुँदा कोरोनाको सङ्क्रमण गाउँघरमा फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानीय निकायले पूर्ण तथा आंशिक निषेधाज्ञाको घोषणा गरेका छन् ।

जिल्लामा हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  २ : ३२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग