तपाईंलाई थाहा छ ? यी चार कुरा भूइँमा राख्न हुँदैन « Khabarhub

तपाईंलाई थाहा छ ? यी चार कुरा भूइँमा राख्न हुँदैन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ ।

वास्तु शास्त्रको सिद्धान्त व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत गर्दछ । साथै नकारात्मक ऊर्जा नष्ट गरेर घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । यस अलावा दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कसरी राख्ने त्यसबारे पनि उल्लेख गरीएको छ । जस अनुसार भुईंमा राख्न नहुने केही सामग्री छन् ।

१. शिवलिंग र शालिग्राम
यदि घरको मन्दिरमा शिवलिंग र शालिग्राम छ भने यसलाई भुईं(जमीन)मा राख्नु हुदैँन । मन्दिर सफा गर्दा धेरैले यस प्रकारको गल्ती गर्दछन् । शिवलिंग र शालिग्रामलाई भुईंमा राखेमा जीवनमा संकट आउने धार्मीक मान्यता छ ।

२. फूलको माला, शंख र तुलसी
पूजापाठका साथै अन्य शुभ कार्यमा प्रयोग हुने फूलको माला, शंख, दियो, तुलसीको पत्ता, कपूर आदि पनि भुईंमा राख्नु हुदैँन । यी सामग्री भुईंमा राख्दा अशुभ हुने वास्तुको मान्यता छ ।

३. कौडा र सीपी
माता लक्ष्मीको पूजामा प्रयोग हुने कौडा र सीपी कुबेरको प्रतिनिधि मानिन्छ । मान्यता अनुसार यसलाई भुईंमा राख्दा धनसम्बन्धी समस्या हुनसक्छ ।

४. रत्न र आभूषण
वास्तु शास्त्र अनुसार सुन, चाँदी, हीरा, मोती, पन्ना लगायतका बहुमूल्य धातु, रत्न र आभूषण पनि भूईंमा राख्नु हुदैँन । यसो गर्नु ती रत्न र आभूषणको अपमान मानिन्छ भने घरमा धन नटिक्ने मान्यता छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ४४ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र