अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फर्कँन निर्देशन « Khabarhub

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फर्कँन निर्देशन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन गरेको सेनाले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको र स्वास्थ्यर्मीसमेत संक्रमित भएर उपचारमा खट्न नसक्ने अवस्था आएकाले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई जुनसुकै बखत बोलाउन सक्ने भएकाले तयारी अवस्थामा रहन सेनाले निर्देशन दिएको हो ।

नेपालमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनको नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको पनि सेनाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : १७ बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी