अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फर्कँन निर्देशन « Khabarhub

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फर्कँन निर्देशन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन गरेको सेनाले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको र स्वास्थ्यर्मीसमेत संक्रमित भएर उपचारमा खट्न नसक्ने अवस्था आएकाले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई जुनसुकै बखत बोलाउन सक्ने भएकाले तयारी अवस्थामा रहन सेनाले निर्देशन दिएको हो ।

नेपालमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनको नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको पनि सेनाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : १७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग