नेपालमा एकैदिन ८ हजार ६५९ कोरोना संक्रमित थपिए, ५८ को मृत्यु « Khabarhub

नेपालमा एकैदिन ८ हजार ६५९ कोरोना संक्रमित थपिए, ५८ को मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।

२४ घण्टामा थप १९ सय ९३ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

कुन उमेर समूहका कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २१ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २१३
१०-१९ वर्ष – ५२४
२०-२९ वर्ष – २०५१
३०-३९ वर्ष – २१०३
४०-४९ वर्ष – १५५३
५०-५९ वर्ष – ११७३
६०-६९ वर्ष – ५९०
७०-७९ वर्ष – २३७
८०-८९ वर्ष – ८६
९०-१०० वर्ष- ९
अज्ञात – ६६

सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ६६ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ६६ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।

त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।
यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।

यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा एकैदिन ५८ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ५० बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ