काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो « Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।

त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।

यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।

यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : १७ बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल