विश्वासको मत दिन ओलीको आग्रह देउवाद्वारा अस्वीकार « Khabarhub

विश्वासको मत दिन ओलीको आग्रह देउवाद्वारा अस्वीकार


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सभापति देउवालाई भेट्न एमालेनका नेतासहित प्रधानमन्त्री ओली बुढानीलकण्ठ पुगेका थिए ।

आज प्रधानमन्त्री ओली सहितका नेताहरु विश्वासको मत दिन कांग्रेससँग सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’

प्रधानमन्त्रीसँगको छलफलका क्रममा कोरोना महामारीको विषयमा समेत ध्यनाकर्षण गराएको महतले जानकारी दिए ।

उनले भने,‘कोभिडको महामारी देशमा व्याप्त छ । जनता कठिन अवस्थामा छन् । नागरिकले उपचार नपाएर पीडामा छन् । यसबाट मुक्त गर्नका लागि हरसम्भव सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं ।’

छलफलका क्रममा सरकारले जारी गरेको अध्यादेश गलत रहेको समेत कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको डाक्टर महतले जानकारी दिए ।

‘लोकतान्त्रिक मुल्य मान्यताप्रति आउने कुरामा प्रतिवद्ध हो भने व्यवहारमा देखिनुपर्‍यो । विषयहरुमा सहकार्य गर्न सक्छौं सत्तासहकार्यका लागि अहिले अवस्था छैन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ नेता महतले भने ।

तर बैठकमा भएको छलफलका बारेमा एमाले नेताहरुले कुने प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : २९ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा