विश्वासको मत दिन ओलीको आग्रह देउवाद्वारा अस्वीकार | Khabarhub Khabarhub

विश्वासको मत दिन ओलीको आग्रह देउवाद्वारा अस्वीकार


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सभापति देउवालाई भेट्न एमालेनका नेतासहित प्रधानमन्त्री ओली बुढानीलकण्ठ पुगेका थिए ।

आज प्रधानमन्त्री ओली सहितका नेताहरु विश्वासको मत दिन कांग्रेससँग सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’

प्रधानमन्त्रीसँगको छलफलका क्रममा कोरोना महामारीको विषयमा समेत ध्यनाकर्षण गराएको महतले जानकारी दिए ।

उनले भने,‘कोभिडको महामारी देशमा व्याप्त छ । जनता कठिन अवस्थामा छन् । नागरिकले उपचार नपाएर पीडामा छन् । यसबाट मुक्त गर्नका लागि हरसम्भव सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं ।’

छलफलका क्रममा सरकारले जारी गरेको अध्यादेश गलत रहेको समेत कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको डाक्टर महतले जानकारी दिए ।

‘लोकतान्त्रिक मुल्य मान्यताप्रति आउने कुरामा प्रतिवद्ध हो भने व्यवहारमा देखिनुपर्‍यो । विषयहरुमा सहकार्य गर्न सक्छौं सत्तासहकार्यका लागि अहिले अवस्था छैन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ नेता महतले भने ।

तर बैठकमा भएको छलफलका बारेमा एमाले नेताहरुले कुने प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : २९ बजे

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकको वाक्चाखामा