२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ६, झापामा २६९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २०, पाँचथर १, भोजपुरमा ५, मोरङमा २०६, संखुवासभामा ९, सुनसरी १०७ र सोलुखुम्बुमा ७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १४७, पर्सामा १५२,  बारामा ४६, महोत्तरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २८ सय ४९ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, भक्तपुरमा ४५८, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३, ललितपुरमा ५१८, सिन्धुपाल्चोकमा १५ र सिन्धुली ५५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा २८, तनहुँमा ६३, नवलपरासी पूर्वमा ३९, पर्वत १८,  मुस्ताङ २, म्याग्दी ३०,  लमजुङमा १०, बागलुङमा ८ र स्याङजामा ११ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३८, कपिलवस्तुमा २४, गुल्मीमा १९, दाङमा २६३, नवलपरासीमा ४४, पाल्पामा ११५, प्यूठानमा ४, बर्दियाका ४७, बाँकेमा ५९१, रुकुम पूर्व २, रुपन्देहीमा ६८० र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्ला ६, दैलेखमा ३४,  रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १५४ जनमा कोरोना भेटिएको छ

यसैगरी  सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १४०, कैलालीमा १४५, डडेल्धुरामा १०, डोटी  ४०,  दार्चुला ३, र बैतडी ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ०९ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल