पहिलो डेटमा रोएका थिए नवाजुद्दीन « Khabarhub

पहिलो डेटमा रोएका थिए नवाजुद्दीन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पहिलो प्रेम, अनि पहिलो डेट । प्रेम जोडीका लागि यो भन्दा रोमाञ्चक क्षण कुन होला र । तर अभिनेता बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीका लागि भने पहिलो डेट भावुकपूर्ण बन्यो ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार नवाजुद्दीन मुम्बईमा नयाँ हुँदा नेशनल स्कूल अफ ड्रामामा भर्ना भएका थिए । मुम्बईमा केही समय बसेपछि नवाजुद्दीनलाई मुम्बईमा कोही न कोही केटी साथी हुन्छन् भन्ने लाग्यो ।

गाउँबाट आएका नवाजुद्दीनले आफ्नो पनि कोही केटी साथी भयो भने जीवन परिवर्तन हुन्छ भन्ने सोचेका थिए । विस्तारै उनको घनिष्ठता एक युवतीसँग भयो । घनिष्ठ बनेपछि एकदिन नवाजुद्दीनले ती युवतीलाई डेटमा लैजाने निर्णय लिए ।

नवाजुद्दीनले युवतीलाई लिहाजामा घुमाउन लगेका थिए । दुवै पार्कमा घुमिरहेका थिए । आधा घण्टा बित्दासम्म दुवै मौन थिए । युवतीलाई दिक्क भएपछि नवाजुद्दीनलाई घर जान भनिन् ।

युवतीको भनाई सुनेपछि नवाजुद्दीनले तुरुन्तै युवतीको हात समाते । नवाजुद्दीनको व्यवहारबाट झस्केकी युवतीले आफ्नो अनुमति बिना नै किन हात समातेको भनेर थकाईन् ।

नवाजुद्दीन युवतीको रिस देखेर कतै मानिसहरु भेला हुने त होइनन् भन्दै डराए । नवाजुद्दीनले युवतीलाई फकाउन थालेपछि उनी रुन थाले ।

नवाजुद्दीन रोएको देखेर युवतीको रिस केही कम भयो । युवतीलाई आफूले गाली गर्दा पनि नवाजुद्दीन नरिसाएको देखेर उनमा दयाभाव जाग्यो ।

त्यसपछि युवतीले नवाजुद्दीनको हात समातेर अंकमाल गरिन् र गालामा चुम्बन गरिन् । त्यसपछि नवाजुद्दीनले रुने काम बन्द गरे ।

यो किस्सा निर्देशक अनुराग कश्यपलाई नवाजुद्दीनले सुनाएपछि अनुरागले यो किस्सा यति मनपराएकी उनले फिल्म ‘ग्याङ अफ वासेपुर’मा एक दृश्य नै बनाए । यो दृश्यमा हुमा कुरैशी र नवाजुद्दीन छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ३१ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा