गंगामायाले १३७औं दिनमा तोडिन् आमरण अनशन « Khabarhub

गंगामायाले १३७औं दिनमा तोडिन् आमरण अनशन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीले बुधबार अनशन तोडेकी छिन्।

कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञामा न्याय दिने निकाय पनि बन्द रहेकाले अनशन तोडेको उनले जनाएकी छिन्।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “कोभिड–१९ बाट नेपाली दाजुभाइ, दिदीबहिनी बचाउन सम्पूर्ण राज्य संयन्त्रहरू लागिपरेको अवस्थामा मैले आमरण अनशनको माध्यमबाट म समेत संलग्न द्वन्द्वपीडितहरूको न्यायको लागि लडिरहँदा न्याय नपाउने अवस्था रहेकाले मैले आफ्नो अनशन आजको मितिमा निलम्बन गर्ने निर्णय गरेको कुरा सबैलाई अनुरोध गर्दछु।”

कोरोनाका कारण अनशन तोडे पनि न्यायप्राप्तिको लडाइँ जारी रहने उनले बताएकी छिन्। उनी गत ६ पुसदेखि आमरण अनशनमा बसेकी थिइन्।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : १४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि