लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने « Khabarhub

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उक्त उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

‘लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम नेपाल सरकारको मिति २०७८।१।१९ को निर्णयानुसार सम्वत् २०७८ साल जेठ १७ गते सोमबारका दिन राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

उक्त उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिका स्वीकृत भएको पनि श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु