कोरोना संक्रमितको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारवाहीको चेतावनी « Khabarhub

कोरोना संक्रमितको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारवाहीको चेतावनी


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ ।

यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने र समस्या बढाउने कार्य भएका गुनासा सुनिएको भन्दै त्यसतर्फ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।