कोरोना संक्रमितको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारवाहीको चेतावनी « Khabarhub

कोरोना संक्रमितको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारवाहीको चेतावनी


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ ।

यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने र समस्या बढाउने कार्य भएका गुनासा सुनिएको भन्दै त्यसतर्फ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज