अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता | Khabarhub Khabarhub

अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(सिन्ह्वा)- चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा छलफल गरेको छ ।

वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी भएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा बैचारिक आदानप्रदानलगायतका बिषयमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

वार्तापछि चीन–अफगानिस्तान–पाकिस्तानका विदेश मन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै ‘अफगानी शान्ति प्रक्रिया, त्रिपक्षीय सहयोगको गहन प्रवर्द्धनलगायतका बिषयमा प्रविद्धतासहितको संयुक्त वक्तव्य जारी गरिएको छ ।

अफगानी शान्ति प्रक्रियालाई अघि बढाउँदै चाँडै युद्ध बिराम गरेर हिंसालाई अन्त्य गर्ने कुरामा तीनै पक्षले जोड दिएका छन् ।

साथै सबै किसिमका आतंकवादलाई प्रहार गर्दै आतंकवाद विरोधी दोहोरो मापदण्डलाई बन्द गर्दै पूर्वी टुर्किस्तान इस्लामिक आन्दोलन लगायत आतंकवादी शक्तिलाई संयुक्त प्रहार गर्दै जाने कुरामा सहमति गरेका बताइएको छ ।

महामारी प्रतिरोध, जनजीवनसँग घनिष्ट रहेका विषयहरू, सामाजिक सांस्कृतिक क्षेत्रमा हुने सहयोगको प्रवद्र्धन गर्दै ‘बेल्ट एण्ड रोड’ सहयोगको वस्तुगत विषयलाई विस्तार गर्दै उक्त क्षेत्रमा मानव कल्याण सिर्जना गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ४० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’