पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ को पहाडी भू-भागलगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  राति प्रदेश एकका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ २२ गते शनिबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २३ गते आइतबार

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २४ गते सोमबार

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : १० बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति