स्वादिष्ट काउली मंचुरियन बनाउने तरिका | Khabarhub Khabarhub

स्वादिष्ट काउली मंचुरियन बनाउने तरिका


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो सानो पीसमा काटेको काउली, १०० ग्राम मैदा, आधा चम्चा नुन, ५० ग्राम कर्नफ्लोर पाउडर, १ चुट्की अजिनोमोटो, १ चम्चा खोर्सानीको धुलो, १/१ चम्चा जिरा, धनियाँको धुलो, आधा चम्चा बेसार र तार्नको लागि पुग्ने तेल ।

ग्रेबी सस बनाउने सामग्री :

१०० ग्रम सुकेको प्याज, १ मुठा हरियो प्याज मसिनो गरी काटेको (भए मिक्सचरमा पिसेको) १/१ चम्चा अदुवा लसुनको पेष्ट, १ चौथाई चिया चम्चा मरिचको धुलो, १ चुट्की अजिनोमोटो, १ चम्चा चिनी, १ चम्चा भेजिटेबल स्टाक, २ चम्चा सोयासस, १ चम्चा कर्नफ्लोर, २ चम्चा तेल, नुन इच्छानुसार, हरियो धनियाँ ।

बनाउने तरिका :

काउलीलाई धोएर उमालेको पानीमा नुन र अजिनोमोटो राखी १० मिनेट जति छोपी राख्नु र अन्य सामग्रीलाई एक बलमा राम्रोसँग फिटी लेजम बनाउनु । अब काउलीको पानी निचोरी एक एक गरी तेलमा गोल्डेन कलर गरी फ्राई गर्नु । अर्को भाँडोमा २ चम्चा तेल तताई प्याज, लसुन, अदुवाहरू राखी चलाउनु साथै भेजिटेबल, स्टक सोयासस, चिनी नुन अजिनोमोटो राखी ५, ६ मिनेट जति पकाउनु, आधा कप पानीमा कर्नफ्लोर घोली त्यसैमा राखी पुनः ३/४ मिनेट जति पकाउनु । अब फ्राई गरेको काउली पकौडा राखी हरियो धनियाँ छरी ताततातै सर्ब गर्नुहोस् ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : ५० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल