नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल रहेका छन् ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीमाथि हातपात गरी जवरजस्ती गर्न खोजेको भन्दै पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नवराज सुवेदीका अनुसार पीडित पक्षको उजुरीका आधारमा उनलाई जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए ।

त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : २४ बजे

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन

आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन