नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल रहेका छन् ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीमाथि हातपात गरी जवरजस्ती गर्न खोजेको भन्दै पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नवराज सुवेदीका अनुसार पीडित पक्षको उजुरीका आधारमा उनलाई जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए ।

त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : २४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्