आफ्नो वासस्थान छाडेर चीनमा किन सयौँ किलोमिटर हिँडे १५ जंगली हात्ती ? | Khabarhub Khabarhub

आफ्नो वासस्थान छाडेर चीनमा किन सयौँ किलोमिटर हिँडे १५ जंगली हात्ती ?


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफ्नो वासस्थान नै छाडेर चीनमा १५ वटा जंगली हात्ती सयौँ किलोमिटर टाढा हिडेका छन् । चीनको युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीहरू बुधबार कुनमिङनजिक पुग्दा नै ५ सय किलोमिटर हिडिसकेका थिए ।

‘ग्लोवल टाइम्स’मा उल्लेख भएअनुसार हात्तीलाई शहरमा पस्न नदिन त्यहाँका अधिकारीहरूले हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोक लगाउनेदेखि बस्ती पस्न नदिन ठूला गाडी, पर्खाललगायतले छेक्ने सम्मको उपाय लगाएका छन्।

हात्तीहरू किन आफ्नो बासस्थान छोडेर यात्रामा निस्किए भन्ने अहिलेसम्म खुलेको छैन।

फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले कुनमिन सरकारलाई पनि खतराको संकेत समयमै दिन र सावधानी अपनाउन भन्दै अनुरोध गरेको छ।

गत वर्ष जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो। त्यसपछि बीच बाटोमै दुई वटा हात्ती जन्मिएको नेशनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको छ।

हात्तीहरू लामो यात्रामा निस्किएपछि अहिले नौ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडीसहित ३६० बढी मानिस परिचालन भएका छन्। हात्तीलाई खुवाउन १८ टन खाना बनाइएको छ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन। तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पुर्‍याएको छ।

एसियाली हात्ती विज्ञ चेन मिङयोङ्गले चीनमा हात्तीहरू यसरी पहिलो पटक लामो दूरीमा हिँडेको बताए।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ३५ बजे

राजनीति नाफा-घाटाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक