अध्ययन भन्छ–नेपाली फिल्ममा महिला चित्रण रुढिवादी र नकारात्मक « Khabarhub

अध्ययन भन्छ–नेपाली फिल्ममा महिला चित्रण रुढिवादी र नकारात्मक


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्लान इन्टरटेशनल नेपालको ‘गल्र्स गेट इक्वेल अभियान’ अन्तर्गत ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ विषयमा गरिएको एक अध्ययनले फिल्ममा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ ।

नेपाली फिल्ममा महिला वा किशोरीहरुलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिलापात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ ।

अध्ययनअनुसार मुलतः महिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिलाहरू पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको छ ।

डक स्कुलले गरेको अनुसन्धानमा ४७ वटा फिल्महरू, टेलिभिजन, अनलाइन सामाग्रीमा भएको विषयवस्तु र विज्ञापन–फिल्मको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ । साथै, विभिन्न फिल्मकर्मी, फिल्म निर्माताहरू र कलाकारहरूसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरेका छन् ।

अध्ययनले प्रदेश नं १ को सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग फिल्ममा महिला प्रतिनिधित्व सम्बन्धी ३ चरणको छलफल गरेको थियो ।

प्रतिवेदन गौथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो । अनुसन्धानको टिप्पणी गर्दै फिल्मकर्मी र समिक्षक मनोज पण्डितले नेपालको अधिकांश फिल्मले महिलाको आँसु र आफूहरुले कथामा दुःख बेच्ने गरेको स्वीकार्दै त्यसरी बेच्दा त्यसले राम्रो व्यवसाय गर्ने दाबी ग्रे ।

चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईले नेपाली फिल्ममा महिलाको विषयमा थुप्रै काम भए पनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए । उनले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र फिल्म फेस्टिभलमा छानिएका फिल्म निर्माताहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अध्ययनले १ सय २ वटा महिला पात्रको विश्लेषणमा ५ जना पात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छ भने फिल्ममा देखाइएको महिला पात्र सधैँ प्रेमकथाको सानो अंश रुपमा मात्र प्रस्तुत गरिएका छन् ।

त्यस्तै ३ सय ४५ पात्रहरुको अध्ययनमा ८ जना मात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यंग्यको लागि मात्र राखिएको पाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : ५६ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट