जापानमा जन्मदर घट्यो « Khabarhub

जापानमा जन्मदर घट्यो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा कम बालबालिकाको जन्म भएको हो ।

जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सीएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ ।

सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ ।­ (रासस/एएनआई)

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : ३० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती