‘बिग बोस १५’ मा ‘तेरे नाम’की भूमिका « Khabarhub

‘बिग बोस १५’ मा ‘तेरे नाम’की भूमिका


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– टेलिभिजनको विवादित शो ‘बिग बोस’को नयाँ सिजन फ्यानका लागि प्रतिक्षाको विषय बनेको छ । यो शोका लागि प्रतिष्पर्धीको नाम सार्वजनिक हुन थालिसकेको छ ।

१५ औं संस्करणको नयाँ सिजनका लागि अभिनेता सलमान खानकी ‘तेरे नाम’ अभिनेत्री भूमिका चावलाको नाम यतिखेर चर्चामा छ ।

शोका निर्माताहरु नयाँ सिजनमा भूमिकालाई भित्र्याउनका लागि निकै इच्छुक छन् । सिजनका लागि भूमिकालाई प्रस्ताव गरिएको छ । हाल उनीहरुबीच कुराकानी भइरहेको छ ।

भूमिकाका अलावा बलिउडका कैयौं अनुहारलाई पनि प्रस्ताव गरिएको छ । फिल्म ‘तेरे नाम’मा सलमानसँग भूमिकाको केमेष्ट्रीलाई निकै रुचाइएको थियो । फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

तर भूमिकाको करियर बलिउडमा लामो समयसम्म चल्न पाएन । यसपछि भूमिकाले दक्षिण भारतीय फिल्ममा पाइला चालिन् । उनी दक्षिण भारतीय फिल्मको सफल अभिनेत्रीमा चिनिन्छिन् ।

भूमिकाले ‘रन’, ‘दिले ने जिसे अपना कहा’, ‘धोनी बायोपिक’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेकी छन् । उनी पछिल्लो पटक जी५ को सिरिज ‘भ्रम’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ४० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,