प्रधानमन्त्री ओली भन्छन् : भारतसँगका असमझदारी हटे « Khabarhub

प्रधानमन्त्री ओली भन्छन् : भारतसँगका असमझदारी हटे


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन् । भारतसँग जस्तो सम्बन्ध अरुसँग नरहेको बताएका प्रधानमन्त्री ओलीले विगतमा रहेको भनिएको असमझदारी हटेको बताएका हुन् ।

बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहलाई सरकारमा लगेर मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन शुक्रबार अन्तर्वार्ता प्रशारण भएको थियो ।

बीबीसी नेपाली सेवाले पनि प्रशारण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले आफ्ना पुराना मन्त्रीहरूलाई बिदाइ गर्न चाहिरहेको र जसपालाई मन्त्रिपरिषद्मा लैजान चाहिरहेका बेला उनले यस्तो धारणा बाहिर ल्याएका हुन् । भारत छिमेक हो र छिमेक भएपछि कहिलेकाही घच्चपच्च हुनु स्वभाविक हो भन्दै अब त्यस्तो असमझदारी नरहेको दाबी प्रधानमन्त्रीले गरेका छन् ।

‘हो, कहिलेकाहीँ असमझदारीहरू थिए, तर अब ती असमझदारीहरू हटेका छन् ।’ उनले भने, ‘कुनै समय असमझदारी थियो, हामी त्यसैमा अल्झिएर बस्‍नु हुँदैन, भविष्य हेरेर अगाडि बढ्नु पर्छ । केही अँध्यारा र काला पक्षहरू थिए, त्यसमा अल्झिनु हुँदैन । हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनु पर्छ, हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्छ ।’

साथै, प्रधानमन्त्री ओलीले नेपालमा कोरोना महामारीले संकट निम्त्याइ रहेको अवस्थामा भारतले अन्य मुलुकलाई भन्दा फरक ढंगले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल र भारत खुला सीमा मात्र होइन कतिपय स्थानमा त दशगजा समेत थाहा नभएको अवस्थामा नेपाललाई गर्ने सहयोगमा भारतको विशेष ध्यान जानुपर्ने उनले बताए ।

भारतमा कोभिड नियन्त्रण भयो र नेपालमा हुन सकेन भने त्यसको कुनै अर्थ नहुने ओलीको धारणा छ । उनले भारतबाट चाहे जस्तो सहयोग कोभिड नियन्त्रणमा नपाएको घुमाउरो शैलीमा भने पनि पहिलो पटक नै खोप उपलब्ध गराएको र अन्य स्वास्थ्य सामग्री पनि सहयोग गरेकोमा धन्यवाद पनि दिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ५१ बजे

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ