बेलायतमा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति « Khabarhub

बेलायतमा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजरले बेलायतमा १२ देखि १५ वर्ष उमेरका बालबालिकामा प्रयोगका लागि अनुमति पाएको छ ।

बेलायतको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (एमएचआरए) ले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ ।

यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी (ईएमए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए ।

बेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भएपछि फाइजर बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको बताए । उनले यो खोप यो उमेर समूहका बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको बताए ।

बेलायतले हालसम्म ६ करोड २० लाख बढी नागरिकलाई कम्तीमा पहिलो डोज खोप दिइसकेको छ । बेलायतमा गत वर्षको डिसेम्बरदेखि नै अस्ट्राजेनिका र फाइजर बायोएनटेकको खोपको प्रयोग हुँदै आएको छ ।–एजेन्सी

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : १९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा