उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे नेपाल–खनालले मागे प्रधानमन्त्रीको जवाफ « Khabarhub

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे नेपाल–खनालले मागे प्रधानमन्त्रीको जवाफ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपाल पक्षले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले महतोको मुक्ति आन्दोलन गर्ने सार्वजनिक धारणाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका हुन् ।

१५ जना नेताको नाम उल्लेख गरिएको विज्ञप्तिमा माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ । नेता नेपालले मात्रै हस्ताक्षर गरेको विज्ञप्तीमा महतोको भनाइ संविधान विपरित रहेको उल्लेख छ । ‘उपप्रधानमन्त्रीको संविधानविरोधी अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा स्थायी कमिटी सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, धनश्याम भुसाल, भीम आचार्य,गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहोरा र प्रमेश हमालको नाम उल्लेख छ ।

शुक्रबार उपप्रधानमन्त्रीको सपथ लिए लगत्तै राजेन्द्र महतोले पार्टीको कार्यदिशाअनुसार मुक्ति आन्दोलनलाई अगाडि बढाउने बताएका थिए । उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ ।

हेर्नुहोस् प्रेस वक्तव्य :

प्रेस वक्तव्य

मितिः जेष्ठ २२, २०७८

प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो-याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।

स्थायी कमिटी सदस्यहरु :-
क. झलनाथ खनाल
क. माधव कुमार नेपाल
क. युवराज ज्ञवाली
क. अष्टलक्ष्मी शाक्य
क. भीम रावल
क. घनश्याम भुसाल
क. भीम आचार्य
क. गोकर्ण बिष्ट
क. योगेश भट्टराई
क. सुरेन्द्र पाण्डे
क. मुकुन्द न्यौपाने
क. रघुजी पन्त
क. बेदुराम भुसाल
क. अमृत कुमार बोहरा
क. प्रमेश हमाल

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ३९ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले