मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने « Khabarhub

मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विपक्षी दलहरुले भने आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिनुपर्नेमा जोड दिएका छन् ।

ठूलो दलको हैसियतमा वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । जेठ २७ गते एक महिना पूरा हुने भएकाले सोही दिन गुरुङले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्त रामशरण बस्नेतले बताए ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ २७ गते विश्वासको मत लिने भनी सरकारका प्रवक्ता बस्नेतले दलहरुसँग प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरुले तत्कालै विश्वासको मत लिनुपर्ने अडान राखेका कारण समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाका दुई सांसदले विपक्षी गठबन्धनमा सहयोग नगरेपछि गुरुङ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । सोही घटनापछि पार्टी निर्णय नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेतासमेत रहेका कृष्ण थापाको सांसद पद खारेज गर्दै रिक्त राखेको छ ।

एक पद रिक्त भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा ३० मत पुग्ने देखिएको छ । गण्डकीमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्र ११, जनमोर्चा २ र जसपाका २ सदस्य छन् । जसपाका २ सदस्य नै उपेन्द्र–बाबुराम पक्षका भएकाले यो समूहको बहुमत पुग्ने देखिएको हो ।

तत्कालै विश्वासको मत लिएर बजेट निर्माणमा सहज पार्नुपर्ने विपक्षी गठबन्धनको अडान छ । तर मुख्यमन्त्री गुरुङ भने एक महिना पूरा अवधि पदमा बस्न चाहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्नेछ ।

गण्डकी प्रदेशसभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर सरकार फेरबदलको खेल भएकाले जारी अधिवेशनमा बजेटको विषय भने ओझेलमा परेको छ । दलहरुको सहमति जुटाउन भन्दै स्थगित गरिएको बजेट अधिवेशन आइतबार पुनः बस्दैछ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : २० बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा