जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर ! « Khabarhub

जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर !


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।

विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

उनलाई उच्च रक्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।

मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए ।  मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : २५ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री