अफगानिस्तानमा तालिवान समूह पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको छः सुरक्षा सल्लाहकार मोहिब « Khabarhub

अफगानिस्तानमा तालिवान समूह पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको छः सुरक्षा सल्लाहकार मोहिब


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल(अफगानिस्तान टाइम्स)–अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोहिबले तालिवानी समूह पाकिस्तानको अघोषित प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका छन ।

उनले तालिवानी समूहले अफगानिस्तानमा शान्तिलाई समाप्त पार्ने किसिमले पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका हुन् ।

उनले तालिवान नेता हिबतुल्लाह अखण्डजादाले समूहका अधिकारीहरूसँग कुनै बैठक गरेका नगरेको पनि स्पष्ट पारेका छन् । १२ महिना बितिसक्दा पनि हाइबुल्लाहको बारेमा कुनै खबर नभएको समेत उनले बताएका छन् ।

‘तालिवानलाई पनि १२ महिनादेखि मुल्ला हैबतुल्लाहको बारेमा थाहा छैन । हामीले पहिले थाहा पाउनु पर्छ कि हाईबुल्लाह छ कि छैन ? तालिवानले यसको जवाफ दिनुपर्दछ कि ऊ कहाँ छ, कसैले उसलाई देखेका छैनन्, खुफिया सूचनाले यसको पुष्टि गर्दछ,’ उनले भने ।

उनका टिप्पणीहरू देशभरिका सुरक्षा फौज र तालिवानबीच भएको गहन लडाईको बीचमा आएका हुन् ।

राष्ट्रिय सुरक्षा निदेशालयका प्रमुख अहमद जिया सरजले गत हप्ता तालिवानको लागि सबैभन्दा घातक रहेको बताएका थिए । जसमा एक हजारभन्दा बढी तालिवानी आतंकवादी मारिएको र घाइते भएको बताइएको छ ।

सरजका अनुसार उच्च संख्यामा मारिएकाहरुले तालिवान नेतृत्वमा दबाब दिएको छ । तर तालिवानीका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानी अधिकारीको टिप्पणीलाई ‘झूटा प्रचार’ भनेर खण्डन गरेको छ । टिप्पणीहरूलाई आधारहीन र प्रचारप्रसार र निःसन्देह गलत भनेको बताइएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १२ : ०० बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग