मन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा « Khabarhub

मन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ ।

जातीय विभेदको कसुरदारलाई कारबाही गर्नुपर्नेमा संरक्षण गरेको आरोपसहित सञ्चारकर्मी सुनारले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन् ।

आफूलाई दलित भएकै कारण कोठा दिन इन्कार गरेकी बबरमहलकी घरधनी सरस्वती प्रधान हिरासतमा रहेका बेला मन्त्री श्रेष्ठले सार्वजनिक पदको दुरुपयोग गर्दै अनुसन्धानसमेत प्रभावित पारेको भन्दै मन्त्रीलाई पदबाट हटाउन माग गर्दै सुनारले हिजो सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कारबाही गर्न र संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी रिट निवदेनमा गरिएको छ ।

रुपालाई कोठा नदिएको आरोपमा घरधनी प्रधानलाई प्रहरीले तिन दिन हिरासतमा राखेपछि उनकै श्रीमानको जमानतमा रिहा गरेको थियो । प्रधानलाई लिनका लागि मन्त्री श्रेष्ठ झण्डावाल गाडी नै लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । मन्त्रीको उक्त कदमपछि चौतर्फी आलोचना समेत भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ३० बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी