प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर राष्ट्रियता नै संकटमा पार्नुभयो : नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर राष्ट्रियता नै संकटमा पार्नुभयो : नारायणकाजी श्रेष्ठ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता नै संकटमा पारेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा विषेश समयमा बोल्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई निम्तो दिएर प्रधानमन्त्रीले त्यसकै आड्मा राष्ट्रिय स्वाधिनता संकटमा पारेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत लिप्साले विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा लैजानुभयो । विदेशीसँगको मिलिभगतमा संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ । उहाँले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर धोकाधडी गर्नुभयो । राष्ट्रिय आत्म समर्पणवादतर्फ जानुभयो । यो क्षम्य हुन सक्दैन ।’

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सहयोगका साथमा एकपछि अर्को प्रतिगामी कदम चाल्दै प्रतिगमनतर्फ लगेका कारण अहिले अग्रगमन र प्रतिगमनका बीचमा द्वन्द्वको अवस्थामा पुगेको समेत बताए ।
राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न खोजिएको भन्दै त्यसो नगर्न समेत उनले सुझाव दिए । राष्ट्रियताको रक्षा गर्नुपर्ने सरकारले संविधान उल्लंघन गरेको समेत दाबी गरे । उनले भने, ‘उहाँले संविधानको नांगो उल्लंघन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशमार्फत् मुलुक चलाएर निरंकुशतातर्फ जानुभयो । भ्रष्टाचारको दलदलमा राख्नुभयो । देशलाई बर्वाद गर्न चाहनुभयो । लोकतन्त्रलाई ध्वंश पार्नतर्फ जानुभयो ।’

नेता श्रेष्ठले संविधानको धारा ७६(५) को व्यवस्थाअनुसार सांसदहरू स्वतन्त्र हुने र संसद जोगाउनका लागि संविधानमा त्यस्तो व्यवस्था राखिएको समेत दाबी गरे ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ४२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा