आमा सीताको जन्मदिनको कामना गर्दै छोरी रेणु लेख्छिन् : ‘ममीको स्वास्थ्य अवस्था एकदमै कमजोर छ’ | Khabarhub Khabarhub

आमा सीताको जन्मदिनको कामना गर्दै छोरी रेणु लेख्छिन् : ‘ममीको स्वास्थ्य अवस्था एकदमै कमजोर छ’


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था एकदमै कमजोर बन्दै गएको छ ।

सीताको ६७ औँ जन्मदिनका अवसरमा छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको अवस्था कमजोर रहेको जानकारी दिएकी हुन् ।

आमा सीतालाई जन्मदिनको अवसरमा स्वास्थ्य लाभको कामना गर्दै रेणुले फेसबुकमा लेखेकी छन्, ‘आदरणीय ममीको आज ६७ औँ जन्मदिन, स्वास्थ्य अवस्था एकदमै कमजोर छ ।’

प्रोग्रेसिप सुप्रान्युक्लियर पल्सी (पीएसपी) दुर्लभ खालको रोगबाट पीडित सीता दाहाल सहारा बिना हिँड्डुल गर्न सक्दिनन् ।

‘आदरणीय ममीको आज ६७ औँ जन्मदिन, स्वास्थ्य अवस्था एकदमै कमजोर छ । फेरि पनि रोगसँग लडाई लडिरहनु भएकै छ, ममी तपाईले’, रेणुले फेसबुकमा लेखेकी छन्, ‘जीवनमा धेरै संघर्ष गर्दै आउनुभयो र अहिले रोगसँग पनि संघर्ष गरिरहनु भएकै छ ।’

लामो समयदेखि अस्वस्थ्य रहेकी सीताले पछिल्लो पटक उपत्यकाको मेडिसिटी अस्पतालमा उपचार गराई घरमै आराम गरिरहेकी छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ०४ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।