आमा सीताको जन्मदिनको कामना गर्दै छोरी रेणु लेख्छिन् : ‘ममीको स्वास्थ्य अवस्था एकदमै कमजोर छ’ « Khabarhub

आमा सीताको जन्मदिनको कामना गर्दै छोरी रेणु लेख्छिन् : ‘ममीको स्वास्थ्य अवस्था एकदमै कमजोर छ’


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था एकदमै कमजोर बन्दै गएको छ ।

सीताको ६७ औँ जन्मदिनका अवसरमा छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको अवस्था कमजोर रहेको जानकारी दिएकी हुन् ।

आमा सीतालाई जन्मदिनको अवसरमा स्वास्थ्य लाभको कामना गर्दै रेणुले फेसबुकमा लेखेकी छन्, ‘आदरणीय ममीको आज ६७ औँ जन्मदिन, स्वास्थ्य अवस्था एकदमै कमजोर छ ।’

प्रोग्रेसिप सुप्रान्युक्लियर पल्सी (पीएसपी) दुर्लभ खालको रोगबाट पीडित सीता दाहाल सहारा बिना हिँड्डुल गर्न सक्दिनन् ।

‘आदरणीय ममीको आज ६७ औँ जन्मदिन, स्वास्थ्य अवस्था एकदमै कमजोर छ । फेरि पनि रोगसँग लडाई लडिरहनु भएकै छ, ममी तपाईले’, रेणुले फेसबुकमा लेखेकी छन्, ‘जीवनमा धेरै संघर्ष गर्दै आउनुभयो र अहिले रोगसँग पनि संघर्ष गरिरहनु भएकै छ ।’

लामो समयदेखि अस्वस्थ्य रहेकी सीताले पछिल्लो पटक उपत्यकाको मेडिसिटी अस्पतालमा उपचार गराई घरमै आराम गरिरहेकी छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ०४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर