प्रतिनिधिसभा विघटन मुद्दामा दुवै पक्षको बहस सकियो, एमिकस क्युरीले राय दिँदै « Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दामा दुवै पक्षको बहस सकियो, एमिकस क्युरीले राय दिँदै


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो ।

सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु भएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : १६ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,