वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध « Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको सोमबारको बैठक पनि अवरुद्ध भएको छ ।

सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । सोमबार बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।

नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताउनुभयो । उहाले सरकारले अपारदर्शी ढंगले बजेट ल्याएको आरोप पनि लगाए ।

सभामुखले बस्नका लागि पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलले उठेर बिरोध जनाएपछि बैठक अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरिएको हो । सरकारले पार्टी र गुटगत रुपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरुले प्रदेशसभामा लगातार विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ०१ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको